ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई पेले ल्यायो ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ अफर

२०८० जेठ, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई पेले बिगमार्ट, चितवनका ग्राहकलाई लक्षित गरेर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ अफर सार्वजनिक गरेको छ । चितवनको बिगमार्टमा जेठ महीनाभर कुनै पनि सामान खरीद गरी पेको स्मार्ट क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छूट प्राप्त सकिने अफर ल्याइएको हो । सो अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा रू. १०० र अफर अवधिभर ५ पटकसम्म छूट पाउनेछन् । 
अफरको दोस्रो चरण असार १ देखि साउन ३२ सम्म रहने बताइएको छ । सो अवधिमा कम्पनीले चितवनको बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारू गर्न सघाउने र विभिन्न खेल खेलाएर आकर्षक उपहार दिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)