ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकको मोबाइल  बैंकिङ एपमा थप नयाँ सुविधा

२०८० जेठ, ८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आएको सेवाको अतिरिक्त अन्य उपयोगी सेवा थप गरेको बैंकले जानकारी दिएको हो ।

बैंकले ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवा शुरू गरेको बताइएको छ । यसअघि विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवा दिन थालिएको हो । यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत विनाझन्झट प्रिभिलेज सेवा प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले एपमार्फत नेपाल पेको क्यूआर सञ्चालनमा ल्याएको छ । साथै बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ग्राहकले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्ने बताइएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)