काठमाडौं । नेपालसँगै भारत, पाकिस्तान, बंगलादेशलगायत देश सहभागी भएको नेपाल चेम्बर एक्स्पो-२०२३ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । एक्स्पोमा नेपालको चिनारी झल्काउने वस्तुहरू राखिएका छन् ।
एक्स्पोमा नेपाली हिमालका पेन्टिङदेखि यहाँको रहनसहन देखाउने हस्तकलाका सामान राखिएका छन् । नेपालमा उत्पादित पश्मिनाका कपडा, बुद्धका मूर्ति पनि प्रदर्शनीमा राखिएका छन् ।
नेपाल चेम्बर अफ कमर्शको आयोजनामा यही जेठ ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो शुरु भएको हो । आयोजकका अनुसार एक्स्पोमा छालाजन्य सामग्री, जडीबुटी, घरेलु तथा खाद्यान्नका सामग्रीलगायत राखिएका छन् । एक्स्पोमा १५० स्टल राखिएको आयोजकले जानकारी दिएको छ ।
नेपालमा उत्पादित सामग्रीको प्रवर्द्धनका लागि एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान