ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई रञ्जना सिनेप्लेक्समा छूट 

२०८० जेठ, १०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्सबीच बैंकका कार्डवाहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रञ्जनामा टिकट खरीद गर्दा ५ प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।

डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकको भनाइ छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)