काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) ०८०/८१ बाट सामाजिक सुरक्षा भत्ता सोझै लाभग्राहीको बैंक खातामा सोझै जम्मा हुने व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
अहिले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीलाई वितरण गरिँदै आइएको छ ।