ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जागिर चाहिएको छ ? एफएनसीसीआईको रोजगार मेलामा जानुस, आज सकिँदै    

२०८० जेठ, १७  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौंमा रोजगार मेला शुरू भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय श्रम सङ्गठनको सहयोगमा मंगलवारदेखि महासङ्घको केन्द्रीय कार्यालय टेकुमा शुरू भएको दुईदिने मेला आज सकिँदै छ । 

मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेका बीचमा पुलको काम गर्ने बताएका थिए ।     
     
उनले रोजगार मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवालाई रोजगार मेलाले रोक्न सक्ने उनको भनाइ थियो ।     
     
मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ ।     
     
कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्य मेलाले लिएको छ । 

रोजगार मेलामा सयभन्दा बढी कम्पनीको सहभागिता रहेको छ । महासङ्घले मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य लिएको छ । मेला आज (बुधवार) सकिँदैछ ।     
–रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)