ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थमन्त्रीको प्रश्न : बजारलाई आम्दानीको स्रोत बनाएर करोडौं कमाउनेहरूले कर नै तिर्न नपर्ने ?

'बजार स्वाट्टै तल र माथि लानेहरू नै शेयर बजार खत्तम भयो भनेर लागि परेका छन्'

२०८० जेठ, १७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजार स्वाट्टै तल र माथि लग्नेहरू नै अहिले बजेटका कारण शेयर बजार खत्तम भयो भनेर लागि परेको बताएका छन् । 

आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले बुधवार आयोजना गरेको पोष्ट बजेट छलफलमा महतले अहिले केही स्वार्थ समूहहरू शेयर बजार नै खत्तम भयो भनेर लागेको आरोप लगाएका हुन् । 

‘अहिले ५०/६० लाख लगानीकर्ताहरू सकिए भनेर प्रचार गरिन्छ । शेयर बजार नै आम्दानीको स्रोत बनाएर करोडौं कमाउनेहरूले कर नै तिर्न नपर्ने ?’ उनले प्रश्न गरे । 

‘शेयरमा लगानी गरेका लगानीकर्ताहरू आय करको दायरामा आउने भनेर भनिएको छैन । शेयर बजार नै आम्दानीको स्रोत बनाएकाहरूलाई मात्र करको नीति लिएको हो’ उनले भने, ‘त्यसैले अहिले लगानीकर्ताहरू आत्तिनु पर्ने केही कारण छैन ’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)