हामीले युवा, महिला र बालबालिकाको अधिकार सुनिश्चित गर्ने कानूनका बारेमा त सुन्दै आएका छौं । तर, स्पेनले भने अनौठो प्रकारको कानून ल्याउने तयारी गरिरहेको छ, बालबालिकाले आफ्नो काम गर्ने र अरूलाई आदर÷सम्मान गर्नपर्ने कानून ! सुन्दा अचम्म लाग्न सक्छ । तर, स्पेनका कानूनविद्रूले १८ वर्षमुनिका बालबालिकालाई घर हेरचाह र घरायसी काममा सहयोग गर्नतर्फ उन्मुख गराउने कानून ल्याउने तयारी गरिरहेको स्पेनी पत्रिका एबीसीले छापेको छ । १८ वर्षमुनिका छोरा वा छोरी दुवैलाई यस कानूनले घरायसी कामकाजमा सहजिम्मेवारी बहन गर्न सिकाउने अपेक्षा गरिएको छ । यो प्रस्तावलाई संसद्ले अनुमोदन गरेपछि मात्र कानून बन्ने नबन्नेबारे यकिन हुने बताइएको छ ।
यस कानूनअन्तर्गत बच्चाहरूले आफ्नो काम गर्ने मात्र नभई उनीहरूले आप्mना अभिभावक र गुरुवर्गलाई आदरसमेत गर्नुपर्ने छ । यससँगै उनीहरूले आफ्नो पढाइप्रति पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । यस्तो कानून उल्लङ्घन गर्ने बालबच्चालाई कस्तो प्रकारको सजाय दिइनेछ भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन । यस्तो कानून ल्याउने तयारी बाल संरक्षण व्यवस्थाकै व्यापक र फराकिलो पाटोे रहेको बताइन्छ । बालबालिकाविरुद्ध हुने अपराध न्यूनीकरण गर्नसमेत यस्तो कानूनले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।