ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकले एकैदिन सञ्चालनमा ल्यायो ३८ ओटा शाखा, 'बैंक स्थापनाको ३८ वर्ष पूरा'

२०८० जेठ, १८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले एकसाथ ३८ ओटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देशभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो ।

बैंकका ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईओटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।

बैंकले ‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजी प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । उनले बैंकको देशभर एकैसाथ ३८ ओटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको बताए ।

डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा र कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको उनको भनाइ छ ।

बैंकका निक्षेपकर्ताहरूले आफूले बैंकमा राखेको पैसा कहाँ कस्तो ठाउँमा लगानी लगाइएको छ भनेर जानकारी लिनुपर्ने बेला आएको पनि पौडेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)