ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेवाताल छेउका ‘गोल्ड म्यान’, जो सुनको काम गरेर होइन ठिंग उभिएरै पैसा कमाउँछन्

२०८० जेठ, १९  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । गोल्डेन रंग पोतिएको मान्छेको ‘मूर्ति’जस्तो देखिने वस्तु छ । छेउमा बसेर कोही फोटो खिचिरहेका छन् । कोही टिकटक बनाउँदै छन् । पोखराको फेवाताल किनारको फुट ट्रयाकमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पुग्यो भने त्यहाँ यस्तै दृष्य देखिन्छ । 

झट्ट हेर्दा ‘मूर्ति’जस्तो देखिए पनि त्यो ‘मूर्ति’ नभई जिउँदो मान्छे भन्दा कतिलाई विश्वास नलाग्न सक्छ ! ‘मूर्ति’जस्तै घन्टौं ठिंग उभिनेलाई मान्छे भन्दा पत्याउनु पनि कसरी ! 

यसरी ‘मूर्ति’ बनेका व्यक्ति हुन् ओखलढुंगाका अंकित शाही । उनले ‘गोल्ड म्यान’को उपमासमेत पाएका छन् । सुनको कारोबार गर्ने वा गरगहना बनाउने भएर उनले यो उपमा पाएका भने होइनन् । शरीरभरि गोल्डेन रङ पोतेकाले उनले ‘गोल्ड म्यान’ उपमा पाएका हुन् ।  

उनी रहरले होइन, बाध्यताले यो काम गरिरहेका छन् । यसको कारण हो– परिवारको खर्च धान्नु । 

लकडाउनमा व्यवसाय बन्द भएपछि परिवारको खर्च चलाउन पुरानै काममा फर्किएको उनी बताउँछन् । व्यवसाय शुरु गर्नुअघि उनले भारतमा १०–१२ वर्ष यही काम गरेका थिए । ‘लकडाउनका कारण व्यवसाय बन्द भएपछि आफ्नो पुरानो पेशालाई नै निरन्तरता दिएको हुँ,’ उनले भने । 

फेवाताल घुम्न आएका पर्यटकहरूले दिएको पैसा नै उनको आम्दानीको स्रोत हो । उनको अगाडि गोल्डेन रङको बट्टा छ । यसैमा फेवाताल घुम्न आाएकाले पैसा राख्छन् ।

यसैबाट उनको परिवारको गुजारा चलेको छ । उनको परिवारमा आमा र बहिनी छन् । 

उनी घन्टौंसम्म हलचल नगरी ‘मूर्ति’जस्तै ठिंग उभिने गरेका छन् । यसरी घन्टौंसम्म एकै पोजिसनमा बस्न गाह्रो हुँदैन ? उनी भन्छन्, ‘शुरुमा गाह्रो भएको थियो । अहिले निरन्तर प्रयासले बानी नै भइसकेको छ ।’ उनले यसअघि भारतमा १० वर्ष यही काम गरेका थिए । 

उनी अहिले टिकटकमा पनि भाइरल छन् । उनी टिकटकमा लाइभ पनि बस्छन् । फेवाताल पुगेका पर्यटकहरूले ‘मूर्ति’ ठानेर उनीसँग टिकटक बनाउँछन्, कतिले फोटो खिच्छन् । 

विदेशका पर्यटकीय स्थलहरूमा ‘मूर्ति’ बनेर आयआर्जन गर्ने मान्छेहरू देखिए पनि नेपालमा भने यस्तो काम गर्ने उनी पहिलो भएको स्थानीयको दाबी छ । 

जीविकोपार्जनका लागि पुरानै पेशामा फर्किनुपर्दा उनी खिन्न छन् । तर, उनले खिन्न हुनुको कारण भने खुलाएनन् । ‘जुन पेशा छाडेर नेपाल आएको थिएँ । अहिले फेरि नेपालमा त्यही पेशा गर्नुपर्याे,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)