काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा साइकल र्याली आयोजना गरिएको छ । डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको सहकार्यमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने नाराका साथ शनिवार साइकल र्याली आयोजना गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्यालीको शुरुवात गरेका थिए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट शुरु भएको र्याली गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन दूतावास हुँदै सानो गौचरण पुगेर सम्पन्न भएको थियो ।
साइकल र्यालीमा बैंकका कर्मचारी, गाहक, शेयरधनीलगायत गरी ४०० भन्दा बढीको उपस्थिति रहेको बैंकले जनाएको छ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिएकाे थियाे ।
समापन कार्यक्रममा सहभागीहरु मध्येबाट “लक्की ड्र” मार्फत राधाकृष्ण श्रेष्ठ लाई साइकल प्रदान गरिएको थियो ।
हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । यस वर्षको विश्व वातावरण दिवस आगामी सोमवार परेको छ ।