ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'भरतपुर भ्रमण वर्ष'लाई लक्षित गरी ४ करोड लागतको 'कमल पोखरी पार्क' निर्माण गर्दै वडा कार्यालय

२०८० जेठ, २१  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२  पटिहानीस्थित प्राचीन पोखरी 'कमलपोखरी'को पूर्वाधारको काम धमाधम शुरु गरिएको छ । सांँढे ४ करोड रुपैयाँ लागतमा निर्माणधीन यो पोखरी आगामी भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सम्पन्न गर्ने तयारी छ ।

पोखरीको काम सकिएपछि यहांँ चिल्ड्रेन पार्क, थारु कल्चरल हाउस, रेष्ट पोइन्ट, सेल्फी पोईन्ट र भ्युटावर लगायतका संरचना तयार हुने वडाअध्यक्ष विष्णुराज महत्तोले बताए । 

थारु समुदायसँग सम्बन्धित यो पोखरीमा थारु गाउँमा भोजभतेर गर्नुपरेमा गुरौले पूजापाठ गरेपछि यही पोखरीबाट सुनको डुङ्गामा विभिन्न खालका भाँडाकुँडा निस्कन्थ्यो भन्ने किंवदन्ती छ । त्यसैले बेलाबेलामा यहाँका थारुहरुले पोखरीमा पूजासमेत गर्थे । तर, त्यही पोखरीलाई अहिले व्यावसायिक पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागेको हो । सदियौँदेखि कमल फुल्दै आएको पोखरीलाई आधुनिक बनाउन कंक्रिटको संरचना निर्माण थालिएको छ । 

वडा अध्यक्ष महतोका अनुसार अहिले डीपीआरअनुसार जग बसाल्ने काम भइरहेको छ । अहिले पोखरीमा जग लगायतको पूर्वाधारको काम भएको छ ,उनले भने, ‘यसवर्ष वडाले छुट्याएको ५३ लाख २८ हजार रूपैयाँ लागतमा काम भइरहेको छ ।’ पोखरीमा कमलकै आकारमा संरचना निर्माण गर्न लागेको उनले बताए ।

‘कमलपोखरी पार्क’ नाममा निर्माणाधीन पार्कमा पोखरीको बीच भागमा दुईतिरबाट पुल निर्माण गर्ने उनले बताए । आउने वर्ष भरतपुर महानगरपालिकाले भ्रमण वर्षको रुपमा काम गर्ने तयारी गरेको हुँदा त्यसअघि नै निर्माण सम्पन्न गरी भरतपुर महानगरपालिका भित्रको भ्रमण योग्य स्थान बनाउने योजना रहेको उनको भनाइ छ  । करीब तीन विगाह क्षेत्रफल रहेको कमलपोखरीको जलाशयले मात्रै करीब एक विगाह क्षेत्रफल ओगटेको छ ।

पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव आचार्यका अनुसार पोखरीको पुरानो स्वरुपलाई नभत्किने गरी आधुनिक डिजाइन दिन खोजिएको हो । ‘हामीले पोखरीको पुरानो संरचनालाई असर नपर्ने गरी वर्तमान समयअनुसार आधुनिकतामा ढल्काउन खोजिएको मात्रै हो्,’ उनले भने, ‘यसलाई व्यावसायिकरुपमा पनि अगाडि बढाउन खोजिएको हो ।’

यो संरचनालाई अम्ब्रेला स्ट्रीट संँग जोड्ने र पर्यटक आकर्षण गर्ने उद्देश्य सहित निर्माणको काम तीब्र पारिएको उनको भनाइ छ । यहांँ रहेका कवर्ड हल, थारु सङ्ग्रहालयजस्ता खेलकुद र संस्कृतिसँग पनि कमलपोखरीलाई जोड्न सकिने उनले बताए  ।

स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले कमलपोखरीको प्राकृतिक संरचनालाई नविगारी बनाउन हुने बताउंँछन । ‘यसको प्राचिन र पुरातात्विक संरचनालाई छुनै हुंँदैन , उनले भने, पोखरीको बाहिरी डिलमा अन्य संरचना बनाएपनि पोखरी भित्रको संरचना यथावत नै राख्नुपर्छ ’। व्यवसायिक रुपमा यसले फाइदा गरेपनि प्राकृतिक र जैविक विविधतालाई कंक्रिटका संरचनाले असर पर्ने उनको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्जको काखैमा रहेको यो क्षेत्र नेपालको सय पर्यटकीय गन्तव्य क्षेत्र भित्र पर्दछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)