ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व वातावरण दिवसको उपलक्ष्यमा सिद्धार्थ बैंकको कार्यक्रम, वृक्षरोपणदेखि टिकटक प्रतियोगितासम्म

२०८० जेठ, २३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । 

दिवसको अवसरमा विभिन्न स्थानहरूमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुन:प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरू आयोजना गरेको थियो ।

बैंकले वृक्षरोपण तथा सरसफाइ कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरू रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । यस्ता कार्यले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउछ भन्ने बैंकले विश्वास राखेको छ ।

बैंकले वातावरण संरक्षणका निम्ति “से नो टु प्लास्टिक” नारालाई अवलम्बन गर्दै बैंकको आधिकारिक  टिकटक पेजमा “बिट प्लास्टिक पोलुसन” विषय राखी समाजमा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो ।  साथै वातावरण संरक्षणलाई थप टेवा पुर्‍याउन बैंकले सो दिनलाई “नो प्रिन्ट डे” पनि घोषणा गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)