काठमाडौं । ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३’ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको ‘म्यान अफ द म्याच’ उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् । फाइनल खेलमा माछापुच्छ्रे बैंकले टस जितेर ब्याटिङको निम्तो दिएको प्राइम बैंकले
निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले ४७ रन मात्र बनाएको थियो । यो प्रतियोगितामा कामना सेवा विकास बैंकका समीर थापा उत्कृष्ट ब्याट्सम्यान र कामनाकै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित भए ।
त्यसैगरी, उत्कृष्ट फिल्डरको उपाधि एनआइसी एशिया बैंकका सञ्जय गिरीले हात पारे । उत्कृष्ट विकेट किपरको उपाधि एनआईसीकै रितेश अधिकारीले पाएका छन् । लिगकै सर्वोत्कृष्ट खेलाडीमा प्राइम बैंकका क्रितार्थ शाक्य चुनिएको बताइएको छ ।