काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच दुई संस्थाका अन्य पदाधिकारीको उपस्थितिमा सहयोगको सम्झौता गरिएको हो । प्रतिष्ठानले बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन बाल अस्पतालका लागि बैंककोे सहयोग प्रयोग गरिने सम्झौतामा उल्लेख छ ।