काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्फना ग्राहकलाई छूट सुविधा दिने गरी विभिन्न संस्थासँग सम्झौता गरेको छ । बैंकका ग्राहकले वीरगञ्जको आदर्शनगरस्थित ‘औरा इलेभेन’का सेवामा १५ प्रतिशतसम्म छूट पाउने बताइएको छ ।
यसैगरी सप्तरीका कञ्चपुरस्थित ‘एमडी हेल्थ केयर’ हस्पिटलका सेवामा १० प्रतिशतसम्म र बोदेबर्साइनस्थित ‘बोदेबर्साइन लाइफ केयर पोलिक्लिनिक’का सेवामा १७ प्रतिशतसम्म छूट पाइने बैंकको भनाइ छ । सम्झौताअनुसार नवलपुरको कावासोतीस्थित ‘कालीगण्डकी नारायणी सामुदायिक हस्पिटल’का सेवामा १५ प्रतिशतसम्म छूट पाइनेछ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।