ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनले एकै हप्तामा किन दुई पटक घटायो ब्याजदर ? 

२०८० असार, १  
अन्तरराष्ट्रिय विविध रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चीनले बिहीवार ब्याजदर घटाएको छ । यो एकै हप्ताभित्र गरिएको ब्याजदरमा दोस्रो कटौती हो । एक पछि अर्को गरेर सार्वजनिक भएका सरकारी तथ्यांकहरूले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले लागू गरिएका उपायहरू पूरै हटाएपछिको आर्थिक पुनःबहाली सुस्त रहेको देखाएपछि सरकारले ब्याजदर घटाएको हो । 

चिनियाँ केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले आफ्नो प्रमुख नीतिगत दर (मध्यम अवधिको कर्जा दर)लाई २ दशमलव ७५ प्रतिशतबाट घटाएर २ दशमलव ६५ प्रतिशतमा झारेको छ । बैंकले एकै हप्ताभित्र यसरी दुई पटक ब्याजदर घटाएको यो गएको अगष्टयता पहिलो पटक हो । 

यसले बैंकिङ प्रणालीमा तरलता प्रवाह त बढाउने छ नै छोटो अवधिको कर्जा पनि सस्तो बनाउनेछ । अहिले चिनियाँ अधिकारीहरू कसरी हुन्छ चौपट भएको अर्थतन्त्रलाई टेवा दिने प्रयासमा छन् । बिहीवार सार्वजनिक भएको तथ्यांकअनुसार एक वर्षअघिको तुलनामा खुद्रा विक्री १२ दशमलव ७ प्रतिशतले मात्रै बढेको देखाएको छ । 

अघिल्लो महीना यो अनुपात १८ दशमलव ४ प्रतिशत थियो । यो अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा कम हो । मेमा औद्योगिक उत्पादन पनि अप्रिलको भन्दा कम थियो । चिनियाँ शहर र नगरहरूमा युवा बेरोजगारी दर बढेको छ । यसअघि नै शहरी क्षेत्रमा बेरोजगारी दर कीर्तिमानी स्तरमा थियो । मेमा यो थप बढेर २० दशमलव ८ प्रतिशतमा उक्लिएको छ । 

अप्रिलमा १६ देखि २४ वर्षबीचमा बेरोजगारी दर २० दशमलव ४ प्रतिशत थियो । सरकारी डेटामा ग्रामीण क्षेत्रको बेरोजगारी दरलाई समावेश गरिएको छैन । चिनियाँ शिक्षा मन्त्रालयको अनुमान अनुसार यो गर्मीयाममा १ करोड १६ लाख कलेज ग्रयाजुएटहरू श्रम बजारमा छिर्दैछन् । श्रम बजारमा यिनीहरूको आगमनपछि बेरोजगारी दर झनै खस्किने देखिएको छ । 

चीनमा सार्वजनिक भइरहेका आर्थिक तथ्यांकहरू अर्थशास्त्री र विश्लेषकहरूको अनुमानभन्दा कम छ । यस्तोमा अर्थतन्त्रलाई थप चलायमान राख्न र आर्थिक गतिविधिहरूलाई टेवा दिन थप आर्थिक प्रोत्साहनको खाँचो छ । पीबीओसीको पछिल्लो ब्याजदर कटौतीले यसको तीव्रतालाई नीतिनिर्माताहरुले महसुस गरेको देखिन्छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)