ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवलपरासीको दलदलेमा एभरेष्ट बैंकको १२६औं शाखा 

२०८० असार, ४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा १२६औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सोमवार देवचुली नगरपालिका–१३ का वडाध्यक्ष एकदेव पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । यससँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ ।

सो अवसरमा वडाध्यक्ष पौडेलले दलदलेमा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच थप सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बर्दघाट र आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैंकको पंजाब नेशनल बैंक भारतसँग साझेदारी भएकोले स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ सेवा तथा सुविधा पाउन सहज हुने उनले विश्वास व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)