काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंकले ऋणीले सबै प्रकारका कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत छूट दिने भएको छ ।
यही असार ३१ गतेसम्म ब्याज भुक्तानी गर्दा बैंकले उक्त छूट दिने भएको हो । ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब), जतिसुकै अवधि (ओभर ड्यू, नर्मल तथा पेनाल) ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छूट प्रदान गरिने बैंकले जानकारी दिएको छ । ब्याज छूट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा गरिने बताइएको छ ।