काठमाडौं । कुमारी बैंकले गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकोप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्याएको छ । सडकको पहुँच नपुगेका स्थानमा ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै भौतिक रूपमै सहयोगका लागि बैंकले हेलिकोप्टरमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो ।
सडकको राम्रो पहुँच नपुगेकाले सामाजिक सुरक्षा भत्ता लिन दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने बाध्यता रहेको उक्त ठाउँमा बैंकले सम्बन्धित ठाउँमै सेवा पुर्याएको हो । बैंकले उक्त क्षेत्रका नागरिकका लागि आगामी दिनमा पनि यो सेवालाई निरन्तरता दिने जानकारी दिएको छ ।