ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनबीए र आईआईएनबीच संयुक्त पाठ्यक्रम चलाउने सहमति

२०८० असार, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं  । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पोमपेउ फाब्रा बार्सिलोना स्कूल अफ म्यानेजमेन्टको ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने बताइएको छ । 

सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने संघको विश्वास छ । सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल के.सी. र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)