ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोर्चुन ५०० कम्पनीका सीईओको कार्यकाल अवधि लम्बिँदै !

May 8, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


पछिल्लो समय विकसित देशका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको कार्यकाल अवधि लम्बिने क्रममा रहेको एक नयाँ अध्ययनले देखाएको छ । अनुसन्धान संस्था ‘द कन्फेरेन्स बोर्ड’ले गरेको उक्त अध्ययनअनुसार उनीहरूमा काममा बढी समयसम्म टिक्ने प्रवृत्तिको विकास भएको छ । सन् २०१३ मा फोच्र्युन ५०० का कम्पनी सीईओको औसत कार्यकाल ९ दशमलव ७ वर्षमा उक्लिएको यसबारेको एक रिपोर्टमा बताइएको छ । गतवर्ष सीईओहरूको कार्यकालको औसत अवधि सन् २००२ यताकै उच्च रहेको रिपोर्टमा उल्लेख छ । प्रमुख कार्यकारीहरूको कार्यकालको अवधि पछिल्लो १ दशकमा घट्दो क्रममा थियो । सन् २००० मा सीईओको औसत कार्यकाल १० वर्षको थियो । सन् २०१२ सम्ममा यो दर घटेर ८ दशमलव १ वर्षमा ओर्लिएको थियो ।

सो अवधिमा बढ्दो प्रतिस्पर्धी बजारमा तीव्रता र जागीरमा सामना गर्नुपरेको दबाब तथा कठिनाइका कारण कार्यकालको समय घटेको अध्ययनकर्ताहरूको भनाइ छ । त्यस्तै एउटै पदमा लामो समयसम्म बसेर काम गर्न अनिच्छुक रहेको र स्वेच्छाले जागीर छोड्दा पनि कार्यावधिमा कमी आएको हुन सक्ने विश्लेषण गरिएको छ । गतवर्ष प्रायः सीईओले मन्दीको डरका कारण सेवानिवृत्तमा ढिलाइ गरेको र ठूलो पदमा लामो समय रहन चाहेकाले पनि सीईओको कार्यावधि बढेको हुन सक्ने अध्ययनकर्ताहरूले बताएका छन् । गतवर्ष सेवानिवृत्त भएका सीईओहरू प्रायः वृद्ध थिए । उनीहरूको औसत आयु ६२ दशमलव ३ वर्ष थियो । उता, सन् २००० देखि सन् २०१३ सम्ममा सेवानिवृत्त पाउने सीईओको औसत उमेर भने ६० वर्ष रहेको रिपोर्टमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)