ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल रेमिट र एनएमबि बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

२०८० असार, ११  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल रेमिट इन्टरनेशनल र एनएमबि बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट रेमिटमार्फत पठाएको रकम बैंकको खातामा तथा बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन् । रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्त्याउँदै आएको छ । डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको रेमिटले नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्त्याउँदै आएको बताइएको छ, जसबाट नेपालमा रेमिट्यान्स भित्त्याई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने रेमिटको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)