काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगमद्वारा ग्लोबल आइएमई बैंक, कर्जा विभागमा कार्यरत करीब चार सयजना कर्मचारीलाई ‘वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन’ विषयक तालीम सम्पन्न गरेको छ । उक्त तालीम बैंक र निगमको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रम विशेषगरी आईएफसी पर्फर्मेन्स स्ट्याण्डर्ड्स र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालीमलाई आईएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञले सञ्चालन गरेका थिए ।
अन्तरराष्ट्रिय रूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासन लगायतका विषयबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकको छ ।