काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालगञ्ज धम्बोजीस्थित ज्येष्ठ नागरिक क्लबलाई आर्थिक सहयोग गरेको छ । क्लबको भवन निर्माण सहयोगार्थ निर्माण उपभोक्ता समितिलाई बैंकले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एक समारोहबीच बैंकले सहयोग रकमको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।
सहयोगले ज्येष्ठ नागरिकका विभिन्न समस्या सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास बैंकको छ । क्लबले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न, सदस्यद्वारा पारस्परिक रूपमा लाभ उठाउन मद्दत गर्दै आएको बताइएको छ ।