ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूरा भयो आकाशमा हिड्ने रहर (तस्वीरहरु)

२०८० असार, १५  
Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

के तपाईं आकाशमा उभिन चाहनु हुन्छ ? साहसिक गन्तव्यको अर्को नमुना हो स्काइ–वाक टावर । राजधानीको कमलादीमा वन्डर्स नेपालको सिसामाथि हिँड्न मिल्ने स्काइ–वाक टावर शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो। परियोजनाका लागि करीब २ अर्ब रुपैयाँ लगानी लागेको कम्पनीले बताएको छ।

१३ रोपनीमा फैलिएको टावर ७८.५ मिटर अग्लो छ । टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँड्न पाइन्छ ।२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत जान सकिन्छ। टावरको २५ औं तला साहसिक तला हो । त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ ।

स्काइ–वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो । यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ। स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क तिर्नुपर्छ । टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिकालाई र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मकालाई ५० प्रतिशत छुट रहेको छ । कम्पनीका अनुसार पहिलो दिन २००० भन्दा बढि मानिसहरुले साहसिक आनन्द लिएका छन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)