ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल वायुसेवा निगमले ठूलो संख्यामा माग्यो एयर होस्टेज

२०८० असार, ३१  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा विमान परिचारिका (एयर होस्टेज) मागेको छ । निगमले ३० जना विमान परिचारिका माग गरेको हो । 

नेपाल वायुसेवा निगमले आइतवार सूचना जारी गर्दै निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पद, तह ५ मा २०८० जेठ मसान्तसम्म रिक्त रहेकाले करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको जनाएको छ ।  

इच्छुक योग्य नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त पेस आह्वान गरिएको छ । उम्मेदवारहरूले निगमको अनलाइन दरखास्त प्रणाली vacancy.nepalairlines.com.np मार्फत आवेदन पेस गर्न सकिनेछ ।

निगमका अनुसार उम्मेदवार नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट १०+२ वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्ने र उमेर हद दरखास्त दिने अन्तिम म्यादसम्म १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको र उचाइ कम्तीमा ५ फिट २ इन्च उचाइ भएको हुनुपर्ने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)