ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाख्राको चिजले बन्दीपुरमा तान्यो पर्यटक  

२०८० साउन, २  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । तनहुँको पर्यटकीय नगरीका रूपमा चिनिएको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नुको कारण हो– प्राकृतिक सुन्दरता । अहिले भने राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रममा पुग्नका लागि पर्यटक आउने गरेका छन् । 

त्यहाँ आउने पर्यटकले बाख्राबारे जानकारी लिने गरेका छन् । उक्त कार्यालयले बाख्राबारे अध्ययन तथा अनुसन्धान हुने गरेको छ । 

कतिपय भने त्यहाँ चिज खान पनि पुग्ने गरेका छन् । कार्यालयले पछिल्लो समय बाख्राको दूधबाट चिज पनि उत्पादन गर्ने गरेको छ । कार्यालयले प्रतिकेजी १ हजार रुपैयाँमा चिज बेच्ने गरेको छ । त्यहाँ उत्पादित चिज पर्यटकले रुचाएको कार्यालयका कर्मचारी बताउँछन् । 

त्यसो त कार्यालयले बाख्राको दूध पनि बेच्ने गरेको छ । बाख्राको दूध भने प्रतिलिटर ६० रुपैयाँमा विक्री हुने गरेको कार्यालयले जानकारी दिएको छ । 
। 
डेंगीको महामारीको समयमा बाख्राको दूध र चिजको अत्यधिक माग भएको कार्यालयले जानकारी दिएको छ । 

२०३३ सालमा स्थापना भएको उक्त केन्द्रमा २०४८ सालदेखि अनुसन्धान थालिएको हो । हाल सरकारको बाख्रामा अनुसन्धान गर्ने निकाय यो मात्रै हो । 

त्यहाँ ८० हेक्टरमा बाख्रा फार्म सञ्चालन गरेको छ, जहाँ सानेनलगायत खरी प्रजातिका बाख्रा छन् । अनुसन्धान कार्यक्रममासानेन प्रजातिका बाख्रा ५० भन्दा बढी र खरी, सिन्हाल, जमुनापारी, बोयर, बारबारीलगायत प्रजातिका करिब ५ सय बाख्रा छन् । 

कार्यालयमा दैनिक ४० लिटरसम्म दूध उत्पादन हुन्छ । त्यसमध्ये अधिकतम १२ देखि २० लिटरसम्म दूध विक्री हुने गरेको छ भने बाँकी दूधको चिज उत्पादन हुने गरेको छ ।१ केजी चिज उत्पादनका लागि ८ देखि १० लिटरसम्म दूध चाहिन्छ । त्यहाँ उत्पादित चिज पोखराको मेट होम र बन्दीपुरमा विक्री गर्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)