ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा ऋणको अग्रिम भुक्तानीमा जरीवाना नहुने १

May 11, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


भारतीय केन्द्रीय बैङ्कले हालै जारी गरेको एक निर्देशनले त्यहाँ बैङ्कहरूसँग ऋण लिएकाहरूलाई खुसी तुल्याइदिएको छ । अब भारतमा ऋणीहरूले आफूले घरजग्गा र गाडी किन्न लिएको ऋण अथवा व्यक्तिगत कर्जा समयसीमाअगावै तिर्दा बैङ्कले कुनै जरीवाना लिन्छ कि भनेर चिन्ता गर्नु नपर्ने भएको छ । रिजर्व बैङ्क अफ इण्डिया (आरबीआई)ले बैङ्कहरूलाई यस्ता प्रकृतिका कर्जा लिएकाहरूलाई अग्रिम भुक्तानीमा कुनै प्रकारको जरीवाना वा शुल्क नलिन निर्देशन दिएको छ ।

‘बैङ्कहरूलाई व्यक्तिगत ऋणीहरूबाट कुनै पनि प्रकारको अग्रिम कर्जा भुक्तानी शुल्क लिन नपाउने निर्देशन तत्काल लागू हुने गरी दिइएको छ,’ आरबीआईले जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ । सेवाग्राहीहरूले ब्याजदर बढ्दा ऋण समयावधिअगावै चुक्ता गर्न चाहन्छन् । केही ऋणीहरू भने अर्काे बैङ्कमा अझै सस्तो ब्याजमा ऋण पाएपछि एकबाट अर्काे ऋण स्थानान्तरण गर्न चाहन्छन् । यस्तोमा केही बैङ्कले बाँकी रकमको २ प्रतिशतसम्म अग्रिम भुक्तानी गरेबापत जरीवाना लिने गर्छन् ।   

आरबीआईले यसअघि बैङ्कहरूले दुई फरक ब्याजदर लगाएर नयाँ र पुराना ग्राहकबीच कुनै विभेद गर्न नहुने भनेको थियो । भारतीय बैङ्करहरूले पनि नयाँ निर्देशनको स्वागत गरेका छन् । अग्रिम भुक्तानी शुल्कका कारण बैङ्कहरूले ग्राहक गुमाइरहेको सन्दर्भमा विजय बैङ्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक भी कन्नानले यो उपभोक्तामैत्री कदम भएको बताए । ‘मानांै, कुनै बैङ्कले घरजग्गा किन्न ऋण लिएका ग्राहकलाई शून्य दशमलव १० प्रतिशत वा शून्य दशमलव १५ प्रतिशत अग्रिम भुक्तानीबापत जरीवाना गर्छ भने ऊ १० वर्ष अवधिका लागि कर्जा लिएको ग्राहक गुमाउन तयार छ त ? यस्तोमा उक्त ग्राहक घजग्गा कर्जामात्र चुक्ता गर्न चाहँदैन कि उसले सधैंका लागि बैङ्कसँगको सम्बन्ध विच्छेद गर्न खोजिरहेको हुन्छ,’ कन्नानले औंल्याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)