ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बल्ल ब्याजदरमा प्रतिस्पर्धा

२०८० साउन, ५  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary NA

ब्याजदर बजारलाई खुला छाडेको भनिए पनि बैंकहरूले यसमा कार्टेलिङ गरेका थिए । जसले गर्दा सबैजसो बैंकमा ब्याजदर उस्तै थियो । तर, साउन महीनामा भने बैंकहरूको संगठनले स्वतन्त्र प्रतिस्पर्धा गर्न छाडिदिएपछि बैंकपिच्छे निक्षेपमा ब्याजदर फरक पाइन्छ । 

बैंकहरूले आफ्नो रणनीतिअनुसार थोरै वा धेरै ब्याजदर निर्धारण गर्दा निक्षेपकर्तालाई भने लाभ हुने देखिएको छ । अब छानी छानी जुन बैंकले बढी ब्याजदर दिन्छ त्यसैमा पैसा राख्ने प्रतिस्पर्धा हुन्छ । यसबाट निक्षेपकर्ताले आफ्नो निक्षेपबाट बढी लाभ लिन सक्छन् । 

लामो समयदेखि रहेको बैंकहरूबीच भद्र सहमति भन्दै ब्याजदरमा कार्टेलिङ थियो । यसबारे चारैतिरबाट आलोचना भएपछि उक्त सहमतिलाई तोड्दै साउन १ गतेबाट बैंकहरूले फरकफरक ब्याजदर तोक्न थालेका हुन् । १ वर्षको मुद्दती निक्षेपको ब्याजमा तीनओटा बैंकहरूले ब्याजदर बढाएको पाइन्छ भने ११ ओटा बैंकहरूले घटाएको । ब्याजदर बढी दिएका बैंकमा निक्षेपकर्ताले आफ्नो निक्षेप राख्छन् नै भन्ने हुँदैन । कतिपय निक्षेपकर्ता खासखास गुणका कारणले ब्याज कम दिने बैंकहरूमा आफ्नो निक्षेप राख्छन् ।

सुनीता अधिकारी

कलंकी, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)