ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फुटपाथका पसलमा विवाद

२०८० साउन, १२  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फुटपाथमा पसल राख्न नदिएकोमा धेरैले विरोध गरेका छन् । हामीलाई एकातिर खुला सडक चाहिएको छ अर्कातिर गरीबले गरिखान सडकमा व्यवसाय गर्न दिनुपर्छ भन्ने पनि लाग्छ । यो भनेको दोहोरो चरित्र हो । गरीबप्रति सहानुभूति चाहिन्छ, उनीहरूलाई गरिखाने वातावरण बनाइदिनुपर्छ । यो राज्यको काम हो । तर, देशभरिका मान्छे काठमाडौं थुप्रिएर जहाँ मन लाग्छ त्यहीँ व्यापार गर्न बस्ने हो भने हामीलाई खुला शहर चाहिँदैन भन्न सक्नुपर्छ । हो, विश्वका धेरै देशका शहरमा फुटपाथे पसल पाइन्छन् । तर, ती व्यवस्थित हुन्छन् । उनीहरू पसल बन्द गर्ने बेला सबै सफा गर्छन् । साथै यस्तो पसल जहाँ मन लाग्यो त्यहाँ सञ्चालन गर्न पाउने होइन । तोकिएका निश्चित क्षेत्र र मापदण्डमा मात्रै यस्तो पसल सञ्चालन गर्न सकिन्छ । नेपालमा हाटबजार भनेजस्तै आइतवार बिदाका दिनमा कतिपय सडक नै खाली गराएर पनि पसल चलाउन दिएको पाइन्छ । 

सोमेश पौडेल

जोरपाटी, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)