ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनकाण्डमा जस लिन हानथाप

२०८० साउन, ९  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary NA

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा सुराकीलाई पुरस्कार व्यवस्था गरेकाले त्रिभुवन विमानस्थलबाट १०० किलो सुन बरामद भएको बताएका छन् । उनले आफूले पुरस्कारको व्यवस्था गरेकै कारण सुन समातिएको दाबी गरे । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विशेष चासो र निर्देशनमा सुन नियन्त्रणमा लिइएको दाबी गरेको छ भने केन्द्रकै गृहमन्त्रीले जुनसुकै दल र पहुँचवाला भए पनि कारबाही अगाडि बढाउन न्निर्देशन दिएको बताएका छन् । यसरी सुन तस्करी असफल पारिएको घटनामा जस लिने होडबाजी चलेको छ । उस्तै परे प्रतिपक्षले पनि हामीले खबरदारी गरेकाले तस्करी असफल भएको भनेर दाबी गर्न बेर छैन । पूर्वप्रधानमन्त्री केपी ओलीले त आफू हटेपछि तस्करी बढेको भनेर प्रतिक्रिया दिने गरेका छन् । उनकै पालामा सुनको तस्करी भएको तथ्यचाहिँ उनले बिर्सने गरेका छन् । 

अर्थमन्त्रीले सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सुन समातिएको दाबी गरे पनि त्यो सूचना कसले दियो भन्न सकेका छैनन् । व्यक्तिको नाम नतोके पनि कर्मचारी, प्रहरी वा कसबाट त्यो सूचना आएको हो भन्न सक्नुपर्छ । राजस्व अनुसन्धान विभागले पनि सूचना देशभित्रकै व्यक्तिले दिएको वा विदेशीले दिएको भन्ने स्पष्ट पारेको छैन । त्यसो हुँदा सुन तस्करीमा अहिले देखिएको विभागको सक्रियताको कारण के हो भन्ने खुलेको छैन । 

तस्करीको सूचना दिनेलाई कुल मूल्यांकनको १० प्रतिशत पुरस्कार दिने व्यवस्था पहिलेदेखि नै थियो । बीचमा हटेको हो कि होइन त्यो स्पष्ट छैन । यस्तोमा जस लिन खोज्नुलाई राम्रो मान्न सकिँदैन । 

समीक्षा बस्नेत

हात्तीगौंडा, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)