ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनु अवसर कि चुनौती ?

२०८० साउन, ९  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary NA

अभियान दैनिकको टिप्पणीमा भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि अवसर भनेर लेखेको पाइयो । के कसैले प्रतिबन्ध लगाउनु पनि अवसर हुन्छ ? त्यसो त भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा पनि नेपालका लागि आत्मनिर्भरताको अवसर भनेको पाइएकै थियो । जति नै अवसर भने पनि त्यस अवसरलाई उपयोग सरकार र निजीक्षेत्रले नगरेकाले खासमा त्यो अवसर हो भन्न सकिँदैन । अवसर त त्यस्तो हो जो देखापर्नासाथ फाइदा लिइहालिन्छ । जस्तै भारतले पाम आयल आयातमा कडाइ गर्दा नेपालले भन्साररहित सुविधाको अवसर पायो । त्यो अवसरको उपयोग गरेर व्यापारीले टन्न भारतमा पाम आयल निर्यात गरे र कुस्त कमाए पनि । अवसर भनेको यस्तो हो । 

हो, भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीका लागि भने अवसर बनेको छ । यही निहुँमा उनीहरूले चामलको भाउ बढाउन थालिसकेका छन् । 

गत सेप्टेम्बरमा बासमतीबाहेकको अन्य चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा हप्तादिनमै चामलको मूल्य बढेको थियो । त्यस बेला व्यवसायीहरूले प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बढाएका थिए । अहिले पनि त्यस्तै हुने आशंका छ । 

नेपालमा उत्पादन भएको धानले बजारमा माग धान्दैन । त्यसो हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । भारतले निर्यातमा प्रतिबन्ध गरेको अवस्थामा नेपालमा मूल्यमा प्रत्यक्ष असर पर्छ । 

सौरभ शाक्य

कालिमाटी, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)