ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक बत्ती किन बल्दैन ?

२०८० साउन, ११  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

धेरै समयपछि काठमाडौंका प्रमुख चोकहरूमा ट्राफिक बत्ती जडान गरियो । तर, ती कुन दिन बल्छन् कुन दिन बल्दैनन्, थाहापत्तो केही हुँदैन । विश्वभरि नै यस्ता ट्राफिक बत्ती हुन्छन् तर ती यति चाँडो बिग्रिएको हुँदैन । नेपालमा भने जडान गरेको एकाध महीनामै यो समस्या आयो । किन ? 

ट्राफिक बत्ती कहिले बल्ने र कहिले नबल्ने गर्दा सवारीचालक अन्योलमा पर्छन् । अघिल्लो दिन बत्ती बलेको थियो तर अर्को दिन छैन । ट्राफिकले हातैले इशारा दिएर काम गरिरहेका छन् । तर, उनले सिट्ठी बजाएको सुनेर गाडी अगाडि बढाउँदा कारबाही भएको छ । ट्राफिक बत्ती सस्तो वा कमसल भएर चाँडै चाँडै बिग्रिएको हुन सक्छ । कर्मचारीहरूले कमिशन खाएर सस्तो सामान किन्ने गरेको उदाहरण नै यसका लागि पर्याप्त छ । सडकमा डिभाइडरका रूपमा राखिएका चिमचिम गर्ने स्टारडस्ट पनि त्यस्तै छ । अन्य मुलुकमा त्यो ४/५ वर्षभन्दा बढी टिक्छ भनिन्छ । तर, यहाँ १ महीनामै त्यसले काम गर्न छाड्छ । हालै बानेश्वर क्षेत्रमा यस्तो संकेत सडकमा गाडिएको छ । महीना दिन पनि पुगेको छैन तर तिनले काम गर्न छाडिसकेका छन् । यस्तो विकासे मोडल नेपालमा कहिलेसम्म चल्ने होला ? 

दमन पाण्डे

मनमैजु, काठमाडौं 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)