ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ र १२ कक्षामात्रै सञ्चालन गर्न पाइन्छ ? 

२०८० साउन, ५  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary NA

सरकारले १२ कक्षालाई विधिवत् विद्यालय शिक्षाको अंग बनाएपछि विद्यालयहरू १२ कक्षासम्म सञ्चालन हुनुपर्ने हो । विद्यालयहरू कक्षा १ देखि १२ सम्म वा १ देखि ८ कक्षासम्म सञ्चालन गरिनुपर्ने हो । तर, अझै पनि केही विद्यालयले ११ र १२ कक्षामात्रै सञ्चालन गरिरहेका छन् जुन गैरकानूनी छ । सरकारले ११ र १२ कक्षामात्रै सञ्चालन गर्न नपाउने भनी कडाइ गर्न थालेपछि धेरै विद्यालयहरूले तल्लो तहको कक्षा सञ्चालन गर्न थालेका छन् । त्यो कानूनी रूपले देखाउनका लागि मात्रै हो । मूलत: कक्षा ११ र १२ मा धेरै विद्यार्थी तान्न पाइने र नाफा पनि टन्न पाइने भएकाले अहिले यस्ता विद्यालयको बिगबिगी छ । अझ अचम्मको कुरा कागजमा विद्यालय भने पनि यिनीहरूले आफूलाई कलेज भनेर चिनाउने गरेका छन् । 

नेपालको संविधान २०७२ अनुसार कक्षा ११/१२ तहको शिक्षा विद्यालय शिक्षाअन्तर्गत नै हो । यसमा विज्ञान, व्यवस्थापन भनेर संकाय छुट्याइएको छैन तर निजी विद्यालयहरूले यो छुट्याएर पढाइ सञ्चालन गरिरहेका छन् । उनीहरूलाई स्थानीय तहहरूले विद्यालय शिक्षाको क्षेत्रभित्र ल्याउन सकेका छैनन् । 

मोहित सापकोटा

बानेश्वर, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)