काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संघले विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानका कर्मचारीको सेवा सुविधा वृद्धिमा सरकारले सहयोग गर्नुपर्ने बताए ।
संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीको तर्फबाट उचित ढंगले राखिएका सम्पूर्ण माग व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हकहितका लागि सम्पूर्ण पेशाकर्मी एक हुनुपर्नेे बताए ।
वार्षिकोत्सवको अवसरमा रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा अध्यक्ष पाण्डेयले संघको झण्डोत्तोलन र वृक्षरोपण गरेका थिए । सो अवसरमा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्यांकनमा उष्कृष्ट भएबापत अवार्ड प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित म्युजिकल चेयर प्रतियोगिता र राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिवार काठमाडौंमा ‘राविया सांस्कृतिक साँझ–२०८०’ समेत आयोजना गरिएको थियो । सोे अवसरमा साउन ४ मा गरिएको रक्तदान कार्यक्रममा बैंकका ७१ जना कर्मचारीले रक्तदान गरेका थिए ।