ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंकमा अनलाइनबाटै बैंक जमानत बुझाउने सुविधा

२०८० साउन, ११  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकले अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको शुरुआत गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्ने बताइएको छ । आवेदनपश्चात् बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्ने बैंकले जानकारी दिएको छ । सूचना प्राप्त गरेपछि सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गरिने र कागजातमा समस्या देखिए कारणसहित इमेलमार्फत सूचना पठाइने बताइएको छ । यस प्रविधिबाट ग्राहकलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)