समृद्घि फाईनान्स हेटौंडा र पोखरा शाखाले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् । आज (साउन १३)बाट शुरू भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको शुरूवात गरेको बताएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिना १३ ओटै शाखाहरुबाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।