ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बंगलादेशको सदरघाट बन्दरगाहमा साँझको चहलपहल ! [फोटो फिचर]

२०८० साउन, १७  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । बंगलादेशको राजधानी ढाका नजिकै बुरीगंगा किनारमा अवस्थित सदरघाट बन्दरगाहमा साँझको बेला चहलपहल हुने गर्छ । गन्तव्यमा जाने र विभिन्न ठाउँबाट आएका यात्रुको भीड देखिन्छ त्यहाँ । त्यसो त उक्त बन्दरगाहमा जहाजबाट आउजाउ गर्ने यात्रु मात्रै भेटिदैनन्, तरकारीलगायत दैनिक उपभोग्य सामग्री किन्न आउने ग्राहकको पनि देखिन्छन् । 

गत सोमवार साँझ संवाददाता त्यहाँ पुग्दा कोही डुङ्गामा फलफूल तथा अन्य सामान बेच्दै थिए भने कोही जहाज चढेर गन्तव्यतर्फ जाँदै थिए । त्यहाँस्थित जहाजका कर्मचारीहरू भने यात्रुलाई जहाज चढ्न बोलाइरहेका थिए । 

पुरानो ढाकाको यो सदरघाटमा मानिसहरू जहाज चढ्न र डुङ्गा तथा जहाजहरू हेर्न आउने गरेको स्थानीय बताउँछन् । 

बंगलादेशकै मिडिया एजेन्सी डेली स्टारका अनुसार उक्त बन्दरगाहबाट यो वर्षको ईदमा २७ लाख मानिसले आउजाउ गरेका थिए । अर्काे समाचार एजेन्सीका अनुसार सन् २०१३/१४ मा यो बन्दरगाहबाट १३ लाख टन कार्गाे भित्रिएको थियो भने २ करोड २० लाख यात्रुले आउजाउ गरेका थिए । 

पुरानो ढाकामा अवस्थित यो बन्दरगाहमा त्यहाँको प्रमुख नदी बन्दरगाह हो । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)