ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बंगलादेशको सबैभन्दा ठूलो शाहजलाल विमानस्थलमा तेस्रो टर्मिनल निर्माण धमाधम [तस्वीरहरू]

२०८० साउन, १९  
अन्तरराष्ट्रिय फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा तेस्रो टर्मिनल निर्माण धमाधम भइरहेको छ । 

उक्त टर्मिनलको ७७ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको बंगलादेशको नागरिक उड्डयन प्राधिकरणलाई उध्दृत गर्दै त्यहाँको एक समाचार एजेन्सीले गएको जुन २८ मा प्रकाशित समाचारमा उल्लेख छ । 

समाचार अनुसार विमानस्थलको मुख्य टर्मिनलको दक्षिणी छेउमा तेस्रो टर्मिनल निर्माण हुन लागेको हो । उक्त टर्मिनलको निर्माण लागत २ खर्ब १४ अर्ब टाका छ । उक्त टर्मिनल निर्माणका लागि जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी र बंगलादेश सरकारको लगानी छ ।

तीन तलाको आधुनिक टर्मिनल भवनको फर्स स्पेस २ लाख ३० हजार वर्गमिटर छ । टर्मिनल भवनमा ६४ डिपार्चर र ६४ अराइभल इमिग्रेसन डेस्क, २७ ओटा ब्यागेज स्क्यानिङ मेसिन, ४० स्क्यानिङ मेसिन, १२ बोर्डिङ ब्रिज, १६ क्यारोसेल र ११ ओटा बडी स्क्यानर रहने छन् ।

यो टर्मिनल सन् २०२४ बाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ । टर्मिनल सञ्चालन भएपछि वार्षिक दुई करोड यात्रुले सेवा लिन सक्ने बताइएको छ । अहिले वार्षिक ८० लाख यात्रुले मात्रै सेवा लिन पाउँछन् ।  

टर्मिनल निर्माणपछि कार्गाे ह्यान्डिलिङ क्षमता पनि बढ्नेछ । विमानस्थलका अनुसार टर्मिनल निर्माणपछि कार्गाे ह्यान्डिलिङ वार्षिक ५ लाख टन हुने लक्ष्य छ । अहिले कार्गाे ह्यान्डिलिङ वार्षिक २ लाख टन मात्रै हुने गरेको छ । 

सन् १९८० मा निर्माण भएको उक्त विमानस्थल बंगलादेशकै सबैभन्दा ठूलो विमानस्थल हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)