ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ललितपुरमा मनाइँदै दानको पर्व यल पञ्चरा [तस्वीरहरू]

२०८० भदौ, ७  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । बौद्ध धर्म मान्ने ललितपुरका नेवार समुदायले बिहीवार यल पञ्चरा (यल पञ्चदान) पर्व मनाउँदै छन् । 

बुद्ध बोधिसत्वहरूको पूजा गर्ने र बुद्ध धर्ममा दीक्षित भएका संघ सदस्यहरूलाई दान प्रदान गर्नेसँग सम्बन्धित रहेको यो पर्व प्रत्येक वर्ष गुंलाथ्व अष्टमिका दिन मनाइने गरिन्छ । 

पर्वका अवसरमा पञ्चदान दिने गरिन्छ । पञ्चदानलाई स्थानीय भाषामा पञ्चरा भनिन्छ । यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गर पाँच प्रकारका वस्तु दान गरिन्छ । 

यस दिन बज्राचार्य र शाक्य जातिका व्यक्तिहरू घरघरमा गई दान ग्रहण गर्ने परम्परा छ । दिपंकर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वासका आधारमा यस दिन दान ग्रहण गर्ने परम्परा बसेको जानकार बताउँछन् । 

पञ्चदान गर्दा विहार, घरआँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ ।

यस दिन दान लिन आउने पहिलो व्यक्तिलाई घरजग्गा/सुनचाँदी/नगद दिने चलनसमेत छ ।

हेर्नुस् तस्वीरहरू

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)