भक्तपुर । ऐतिहासिक महत्त्वसमेत बोकेको भक्तपुरमा आठ दिन नाै रातसम्म मनाइने जात्रा पर्व बिहीवार शुरु भएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि भाद्र कृष्ण अष्टमीसम्म मनाइने यो पर्वकाे पहिलो दिन भक्तपुरमा घिन्ताङगिसी नाच प्रदर्शन गरिएको छ । यो नाच उक्त जात्राको मुख्य आकर्षण मानिन्छ ।
यहाँको जात्रा हेर्न काठमाडौं उपत्यका र आसपासका हजारौं जात्रालु सहभागी भए ।
यो नाचमा लठ्ठी जुधाउने गरिन्छ । जात्राका अवसरमा लठ्ठी जुधाएर भक्तपुर नगर परिक्रमा गरिएको छ । जानकारहरूका अनुसार वर्षभरि मृत्यु भएका परिवारको तर्फबाट एकएक टोली याे नाच नाच्ने गर्छन् ।
भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्राभन्दा भिन्न र विशेष खालको जात्राको रूपमा लिइन्छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान