काठमाडौं । काठमाडौं उपत्यकामा विहीवार र शुक्रवार दुवै दिन गाईजात्रा पर्व मनाइएको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न भागमा बस्ने नेवार समुदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदाका दिन यो पर्व मनाउने गरेकाे प्रचलन अनुसार आज यो पर्व मनाइएको हो । भक्तपुर लगायतका ठाउँमा विहीवार गाईजात्रा मनाइएकोमा कीर्तिपुर लगायतका ठाउँमा शुक्रवार गाईजात्रा पर्व मनाइएको छ ।
पर्वका अवसरमा राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराइएको थियो । काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट गाईजात्रा हेर्न आउने श्रद्धालुको भीड लागेको छ ।
वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ । प्रताप मल्लले पुत्र शोकबाट भावविह्वल भएकी रानीलाई अरुका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा शुरु गरेको इतिहास छ ।
पर्वका अवसरमा गाई वा गाईका रूपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
पर्वका अवसरमा काठमाडौं महानगरले आज सार्वजनिक दिएको छ ।
हेर्नुस् तस्वीरहरू