ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वकपका लागि ब्राजिलमा ‘लव होटल’ र झोपडी !

May 14, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


विश्वकप २०१४ को ज्वरोले फूटबल प्रेमीहरूलाई विस्तारै तताउँदै लगिरहेको छ । ब्राजिलमा जुन १२ तारिख, बिहीवारदेखी शुरू हुने फूटबलको यो महाकुम्भमेला अवलोकन गर्न विश्वभरिबाट त्यहाँ जानेहरूले आफ्ना तयारी गरिरहेका छन् । यसै मेसोमा रियो दे जेनेरोका महँगा होटलमा बस्ने/खाने खर्च जोहो गर्न नसक्नेहरूका लागि विभिन्न विकल्प पनि भेटिएका छन् । यसका लागि रियो दे जेनेरोका ‘लव होटल’ र झोपडीले निकै कर्म खर्चमा फूटबल प्रेमीहरूको आवासको प्रबन्ध मिलाएका छन् ।

श्रीमान–श्रीमती अथवा प्रेमी–प्रेमिकाका जोडी भएर जानेहरूका लागि रियोका ६० ‘लव होटल’ आकर्षक बनिरहेका छन् । बसाइका लागि प्रायःजसो घण्टाका आधारमा शुल्क लिने ती होटलले हाल आफ्ना कोठा विश्वकपको झलक आउने गरी सजाएका छन् । रियो होटल एशोसिएशनका अध्यक्ष अल्फ्रेडो लोप्सका अनुसार लव होटलहरूले कोठाका छानामा राखिएका ऐनाहरू हटाएका छन् भने परम्परागत पलङ्गको ठाउँमा गोलाकार खाट राखिएका छन् । यसैक्रममा रियोकै एक लव होटलले नयाँ अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै उनीहरूको चाहनाअनुसार आफ्नो ‘सेटिङ’ मिलाएको छ । ‘हाम्रोमा सबै ८७ कोठाको अग्रिम बुकिङ भइसकेको छ,’ भिल्ला रेज्जिया होटलका मालिक एण्टोनियो सेरक्विइराले जानकारी दिए । लव होटल एशोसिएशनका उपाध्यक्षसमेत रहेका उनले बताएअनुसार विश्वकप हेर्न आउनेहरूका लागि त्यस्ता होटलमा १ हजार कोठा उपलब्ध रहेका छन् । तिनमा एक रात बिताउँदा तिनुपर्ने शुल्क १ सय डलरदेखि ३ सय ७५ डलरसम्म तोकिएको छ, जुन परम्परागत होटलभन्दा निकै सस्तो दर हो ।

त्यसैगरी, रियो दे जेनेरोका कुख्यात झोपडपट्टी बस्तीले पनि अहिले पर्यटकको ध्यान आकृष्ट गरेका छन् । केही वर्ष अघिसम्म लागूपदार्थ तस्करको बोलवाला र आपराधिक गिरोहहरूको केन्द्र रहेको ती बस्तीले पनि निकै सस्तो दरमा फूटबल हेर्न आउनेहरूको स्वागत गरिरहेका छन् । कोपाकबाना तटमाथि अवस्थित स्थानीय भाषमा ‘फाभेलाज’ भनेर चिनिने उक्त बस्ती केही वर्षयता प्रहरीको सघन सक्रियताका कारण शान्त बनेको एक स्थानीय होटल सञ्चालिकाले बताइन् । क्रिष्टिना डे ओलिभिएराको होटल ‘फाभेला ईन’मा बाथरूमसहितका तीनओटा कोठा छन् भने इण्टरनेट चलाउन वाई–फाई सेवा पनि उपलब्ध रहेको छ । सामान्य समयमा एक रात बिताउन प्रतिव्यक्ति २० देखि २५ डलर शुल्क तोकिएको उक्त होटलमा विश्वकपको बेला भने सेवा लिन ४५ डलर तिर्नुपर्ने उनले जानकारी दिइन् । त्यसैगरी ग्रीन कल्चर होस्टल नामक अर्को एक होटलका सञ्चालक पाब्लो गोजमेजले विश्वकप शुरू भएपछि सेवा शुल्क ५४ देखि ६३ डलरबीच रहने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)