काठमाडौं । काठमाडौंमा जारी ‘नाडा अटो शो २०२३’ मा अवलोकनकर्ताहरूको घुइँचो लागेको छ । शोमा चार पांग्रे र दुई पांग्रे सवारीसाधन बुकिङ गर्नसँगै हेर्न आउनेको घुइँचो लागेको हो ।
नाडाका अनुसार शोमा आएका अवलोकनकर्तामध्ये अधिकांश ईभीमा झुम्मिएका छन् । नाडा अध्यक्ष ध्रुव थापा शोमा आएका अवलोकनकर्ताहरू ईभीमा आकर्षित भएको बताउँछन् ।
‘शोमा हामीले यसपटक ६० प्रतिशत विद्युतीय सवारी साधन राखेका छौं । व्यवसायीले पनि बजारमा जुन गाडीको धेरै माग हुन्छ, त्यही राख्ने गर्छन्,’ थापाले भने, ‘अहिले नेपालमा मात्र नभएर विश्वभर नै विद्युतीय सवारीसाधनको नै माग धेरै छ ।‘
शोमा बुकिङ भएका गाडीमा ईभीकै हिस्सा बढी छ । शोमा बुकिङ भएका गाडीमध्ये ६५ प्रतिशतभन्दा बढी हिस्सा ईभीको रहेको नाडाले जनाएको छ ।
नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा)को आयोजनामा मंगलवारबाट शो शुरु भएको हो ।
हेर्नुस् तस्वीरहरू