काठमाडौं । दशैंलाई लक्षित गरी आज (सोमवार)देखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिनको बिहानैदेखि नै काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्कमा विभिन्न गन्तव्यका लागि अग्रिम टिकट लिन आउनेहरूको भीड देखिएको छ ।
सरकारले दशैंमा घर फर्किने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो । बसपार्कमा पुगेका यात्रुहरू लाइन बसेर टिकट बुकिङ गराइरहेका छन् । लाइनमा किशोर-किशोरीदेखि ज्येष्ठ नागरिकसम्म छन् ।
लामो लाइन बस्दा समस्या भएको यात्रुले गुनासो गरेका छन् । तर, दशैंमा घर जाने दिन नजिकिँदा यात्रुहरू उत्साहित देखिएका छन् ।