ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एप्पलका सीईओसँग लञ्च गर्न लाखौं डलर तिर्नुपर्ने १

May 16, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुनै एक ठूलो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग बसेर खाजा खाँदा कसैले कति रकम तिर्नुपर्ला ? हाम्रो देशमा यस्तो चलन नभए पनि पश्चिमा देशमा भने ठूला व्यापारिक प्रतिष्ठानका प्रमुख अथवा राजनेतासँग चिया नास्ता गर्न हजारौं अथवा लाखौं डलरसम्म तिर्नुपर्दछ । यसै मेसोमा अमेरिकी स्मार्टफोन निर्माता तथा सूचनाप्रविधि कम्पनी एप्पलका सीईओ टिम कुकसँग लञ्च खाने अवसरको बोलकबोलमा एक भाग्यशाली व्यक्तिले ३ लाख ३० हजार डलरमा प्राप्त गरेको कम्प्युटर वल्र्ड नामक वेबसाइटले बताएको छ । तर, यो रकम गतवर्षको तुलनामा आधाभन्दा बढीले कम हो । गतवर्षको कुकसँग कफी भेट ६ लाख १० हजार डलरमा लीलामी भएको थियो ।

लीलामीबाट उठेको यो रकम सामाजिक काममा खर्च गरिने यसका आयोजकले बताएको कम्प्युटर वर्ल्डले उल्लेख गरेको छ । आयोजक च्यारिटी बजले वेबसाइटलाई दिएको जानकारीेअनुसार सम्पूर्ण रकम रोबर्ट एफ केनेडी सेण्टर फर जष्टिस एण्ड ह्युमन राइटलाई दान दिइनेछ । परिचय गोप्य राखिएका/नाम नखुलेका बोलकबोलका विजेताले कुकसँग लञ्चका लागि आफूसँग एक जना साथी लैजान पाउनेछन् । साथै, उनलाई एप्पलको आगामी कार्यक्रममा विशिष्ट अतिथि हुने अवसरसमेत प्राप्त हुनेछ । लञ्च एप्पलको कुपरटिनो क्यालिफोर्नियास्थित मुख्यालयमा हुनेछ, तर ती भाग्यशाली व्यक्तिले त्यहाँ हुने सबै खर्च बेहर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)