काठमाडौं । दशैंका धेरै रमाइला पक्षमध्ये पिङ पनि एक हो । ‘चचहुई’ भन्दै साथीसंगीसँग पिङ खेलिँदा दशैंलाई थप उल्लासपूर्ण बनाउँछ । परम्परा र संस्कृतिसँग प्रगाढ सम्बन्ध रहेको दशैंमा एक पटक भए पनि भुइँ अर्थात् धर्ती छोडनु पर्छ भन्ने मान्यता छ ।
तर, काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरी क्षेत्रमा बस्ती बाक्लिँदै गएपछि खाली जमिन र सार्वजनिक जग्गाको अभावमा पिङ त्यति धेरै स्थानमा देखिन छाडेका छन् । अहिले एकाध ठाउँमा मात्रै पिङ हालेको देख्न पाइन्छ ।
काठमाडौंको धोबीचौरमा पिङमा रमाइरहेका युवाहरू ।
हेर्नुस् तस्वीरहरू