काठमाडौं । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा (आइतवार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पुजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो ।
अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।
यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पुजा गर्ने चलन छ ।