काठमाडौं । नेपाल संवत् ११४४ शुरु भएको अवसरमा काठमाडौंमा झाँकी प्रदर्शन गरिएको छ । काठमाडौंको वसन्तपुर हनुमानढोकाबाट निकालिएको साँस्कृतिक झाँकी वसन्तपुरमा नै टुंगिएको थियो ।
नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यकालगायत देशैभरका नेवार समुदायले हर्षउल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
हेर्नुस् तस्वीरहरू